• Wednesday 7th of October 2026

सरकारले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ असोज । सरकारले हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖