• Wednesday 7th of October 2026

इजरायलको कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीको उद्धार


  • धनकुटा खबर
  • .

इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै, ५५ जना नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्रको सहयोगमा उद्धार गरिएको छ।

इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएको हो।

यसै गरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको पनि दूतावासले जनाएको छ।

त्यस्तै नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि राजदूतावासबाट सुरू गरिएको अनलाइन रजिस्ट्रेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ र उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरू गरिएको पनि दूतावासले जानकारी दिएको छ।

दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चार जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। त्यस्तै हराइरहेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ।

‘इजरायलबासी सम्पूर्ण नेपाली नागरिकरूलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्नु हुन सूचित गरिन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖