• Wednesday 7th of October 2026

भारत जान लागेका पाँच किशोरीको उद्धार, एक भारतीय युवक पक्राउ


  • धनकुटा खबर
  • .

हराएर भारततर्फ जान लागेका पाँच जना बालिकाको बारा प्रहरीले उद्धार गरेको छ । गत सोमबार बारा करैयामाई गाउँपालिका–१ स्थित हरैया गाउँबाट १३ देखि १६ वर्षका पाँच जना बालिका हराएका थिए ।

उनीहरूको बारेमा पत्ता लगाउन बारा प्रहरीको विशेष टोलीले विभिन्न विधिमार्फत खोज तलास गर्दै जाँदा पाँचै जना किशोरी पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित रानीसती धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा भेटिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

साथै, जिल्ला मोतीहारी विक्रमपुर गाउँ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षीय कविकुमार पाललाई पनि नियन्त्रणमा लिइएको उनले बताए ।

भेटिएका पाँचै जना बालिकालाई उनीहरूको अभिभावकलाई जिम्मा लगाइएको र भारतीय युवकलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖