काठमाडौ । नेपाल आयल निगमका कर्मचारीहरुको बदमासीका कारणले ग्यास उद्योगीलाई ५ वर्षसम्म झुलाएर निर्णयको बन्दी बनाएको भेटिएको छ ।
नेपाल आयल निगमका कर्मचारीहरुको यस्तो रवैयाका कारण एउटा ग्यास उद्योगसहित अन्य आधा दर्जनभन्दा बढी उद्योगको २० करोड भन्दा बडी लगानी संकटमा परेको छ ।
वीरगञ्जको मनोज ग्यास उद्योगले ५ वर्षअघि नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४ सय ५० किलोग्राम एलपी ग्यास भर्ने सिलिन्डर ल्याउन अनुमति पाएको थियो ।
गुणस्तर विभागले सिलिन्डरको मापदण्ड र सुरक्षालगायत पक्षको जाँच गरी स्वीकृति दिएपछि उद्योगले ग्यास भर्न नेपाल आयल निगममा अनुमति मागकोमा अनुमित दिने आश्वासनमा काम शुरु गरेको सो उद्योग अहिले समस्यामा परि उनको २ करोड जती लगानी डुबने भएको छ ।
५ सम्म अनुमतिका लागि आजभोलि भन्दै अहिले आएर अनुमति दिन नसकिने बताउँदै उद्योगलाई उल्टै कारवाहीको धम्की दिइएको उद्योगका सञ्चालक मनोज दासले बताए ।
निगमका अधिकारीले सहमति दिएपछि उद्योगले त्यस्ता सिलिन्डरमा ग्यास भरेर उद्योगहरूमा आपूर्ति गर्न थालेको थियो ।
स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीहरूले यस्तो सिलिन्डर उपयोगमा ल्याए पनि निगमले रोक लगाएपछि उद्योग अन्योलमा परेका छन् । यस्ता बढी क्षमाताका सिलिन्डरमा औद्योगिक प्रयोजनको ग्यासमात्र आपूर्ति हुन्छ ।
अहिले आएर नेपाल आयल निगमले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरको स्वीकृति दिन नसकिने भन्दै सूचना निकालेपछि उद्योगीहरूको २० करोड भन्दा बडी लगानी अन्योलमा परेका छ । ‘५ वर्षसम्म आजभोलि भन्दै झुलाए ।
उनीहरूले अनुमति पाइहाल्नुहुन्छ काम अघि बढाउनुहोस् भनेर आश्वासन दिएपछि लगानी गरियो । अहिले आएर कारबाही गर्छौं भन्छन्,’ सञ्चालक दासले यात्रा डेलीसँग भनेका छन् ।
४ सय ५० किलो क्षमताका सिलिन्डरका लागि मात्रै उद्योगमा २ करोड रुपैयाँ अतिरिक्त लगानी थप्नुपरेको उनले गुनासो गरे । मनोज ग्यासको देखासिकीमा अन्य उद्योगले पनि विगत २ वर्षयता त्यस्ता सिलिन्डरमा ग्यास आपूर्ति गरेका थिए ।
आयल निगमको ग्यास विनियमावलीमा १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भर्ने अनुमति दिने व्यवस्था नभएको भन्दै त्यस्तो अनुमति दिन नसकिने सूचनामार्फत बताएको छ ।
५० र ४ सय ५० किलो क्षमताका सिलिन्डरमा गैरकानूनी तरीकाले ग्यास भरेर विक्री गरिएको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।
मनोज ग्यासले वितरण गर्दै आएको ४ सय ५० किलो क्षमताको सिलिन्डरको प्रयोगमा रोक लागेपछि त्यस्ता सिलिन्डरका लागि पूर्वाधार बनाएको बहुराष्ट्रिय कम्पनी ब्रिटानिया, हेटौंडाको पोषक ब्रिडर्स फार्म, एन्टार्टिक बिस्कुट, केबी साम आल्मुनियमलगायत उद्योगको उत्पादन प्रभावित भएको छ ।
