• Thursday 8th of October 2026

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगै कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की


  • धनकुटा खबर
  • .

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएकै दिन काठमाडौं आइपुगेका केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शनिवार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका कार्की त्यसपछि ओली निवास बालकोट पुगेका थिए ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ ९५० अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖