• Thursday 8th of October 2026

१३ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन के हो ? कहाँ, कसरी बनेर आउँछ नेपालमा ?
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ ।

५५ वर्षको तथ्यांकमा नेपालमा कहिले भित्रियो/बाहिरियो मनसुन ? (सूचीसहित)
यो वर्ष सरदर मितिभन्दा एक ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । यो वर्षको मनसुन १२४ दिनजति नेपालमा रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

वर्षा हुने
पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार (भोलि)देखि नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖