विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा उनले दुई तिहाइबढी मत प्राप्त गरेका छन् ।
कार्कीलाई राप्रपाबाहेक प्रदेशसभामा भएका सबै दलले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी रहेका ९१ जना सांसदमध्ये कार्कीको पक्षमा ८६ सांसदले भोट दिएका छन् । विपक्षमा ५ मत मात्रै परेको छ ।
कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पस्वरुपः संविधानको धारा १६८(५) अन्तर्गत कार्की वर्तमान मुख्यमन्त्री बनेका हु्न् । उनी कांग्रसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
