• Wednesday 7th of October 2026

मुख्यमन्त्री कार्यालयका प्रहरी हवलदार समेतका ३ जना चरेस र चितुवाको छालासहित पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।

धनगढीकाे शहीदगेट नजिकैकाे एक हाेटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द,बाजुराकाे गाैमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण राेकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जाेशी रहेकाे वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

उनकाअनुसार उनीहरूकाे साथबाट प्लाष्टिकसहित ६ किलाे ७९५ ग्राम चरेश र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ( आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर , जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पाेशाखकाे टाेलीले संयुक्त रूपमा अप्रेशन गरेकाे हाे ।

साे क्रममा मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द पनि हाेटलकाे काेठामा उनीहरूसँगै भेटिएका थिए ।

तीन‌ै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖