एजेन्सी – साउदी क्लब अल नासरले क्लबका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई सरप्राइज सम्मान दिएको छ। पछिल्लो समय निरन्तर उच्च प्रदर्शन गरिरहेका रोनाल्डोलाई अल नासरले बिहिबार सरप्राइज सम्मान दिएको हो।
अल-नासरका कर्मचारी र खेलाडीहरूले पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले सन् २०२३ मा ४० गोल पूरा गरेको उपलक्ष्यमा विशेष सम्मान दिएका हुन्।
अल-नासरका कर्मचारी र खेलाडीहरूले रोनाल्डोले ४० गोल पूरा गर्दा केक काटेर खुशियाली मनाए। ‘२०३ अन्तर्राष्ट्रिय क्याप्स, १२७ गोल’ र ‘२०२३ मा ४० गोल’ लेखिएको केक सहित खुशियाली मनाइरहेको भिडियो अल नासरले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ।
३८ वर्षिय खेलाडीले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गर्दै आफ्नो राष्ट्रका लागि २०० भन्दा बढी खेल खेलिसकेका छन्। रोनाल्डोले अहिले सम्म पोर्चुगलका लागि १ सय २७ गोल गरिसकेका छन्।
