• Wednesday 7th of October 2026

भारी बोक्ने काम गर्ने दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । असन र न्यूरोड क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ ।

न्यूरोडको मसान गल्ली र असनमा बिरामी अवस्थामा भेटिएपछि प्रहरीले उनीहरूलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी र अर्का ३५ वर्षीय युवक छन् । अर्का युवकको पहिचान खुलेको छैन । उनीहरू ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमै बस्ने गरेका थिए । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖