• Tuesday 6th of October 2026

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय तीन कुनेमा दिउँसो २ बजे बस्ने बैठकमा हालै सम्पन्न भएको जागरण अभियान, समसामयिक राजनीतिक लगायत विषयमा छलफल हुने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले असोज १४ देखि २९ सम्म मेची–महाकाली जागरण अभियान चलाएको थियो । उनका अनुसार जागरण अभियानको समीक्षा गर्नुको साथै कोशी प्रदेशमा देखिएको राजनीति घटनाक्रमबारे छलफल हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖