• Wednesday 7th of October 2026

इन्द्रजीत साफीसहित तीन जना केहीबेर प्रहरीको हिरासतमा, कारण यस्तो


  • धनकुटा खबर
  • .

काठमाडौं । लामो समयसम्म नागरिकताको लागि आन्दोलन गरेर चर्चामा आएका इन्द्रजी साफीसहित तीन जना युवाहरु केहीबेर प्रहरीको हिरासतमा परेका छन् । पक्राउ पर्नेमा साफीसहित गौतम शर्मा र प्रेम साह रहेका छन् ।

उनीहरु आज (शनिबार) साँझ महाअष्टमीको अवसरमा भद्रकाली मन्दिरको दर्शन गर्न पुगेका थिए । सो क्रममा ठूलो संख्यामा प्रहरी परिचालन भएको देखेपछि को आउँदैछ ? भनि चासो राखेका थिए ।

उनीहरुले चासो राखेकै कारण प्रहरीले पक्राउ गरी अनामनगर प्रहरी चौकीमा ३० मिनेट राखेको र त्यसपछि पुलिस क्लब, भृकुटीमण्डपमा राखिएको थियो । उनीहरुलाई साँझ ६ः४५ बजे रिहा गरिएको जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖