• Thursday 8th of October 2026

जापानमा झगडा गर्दा भिषा सकिएका एक नेपाली युवा प्रहरीको फन्दामा


  • धनकुटा खबर
  • .

भिषाको म्याद सकिए पनि अवैध रूपमा बसेको आरोपमा जापानको एहिमे प्रान्तको निहामा शहरबाट एक नेपाली युवा पक्राउ परेका छन् ।

अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका ३७ वर्षीय नेपाली नागरिक भएको र उनको ठेगाना र पेशा खुल्न नसकेको बताइएको छ ।

प्रहरी अनुसन्धानका अनुसार नेपाली राहदानी लिएर गत बर्ष मे महिनामा जापान प्रवेश गरेका ती व्यक्ति यसै वर्ष अगष्ट १७ तारिख भिषाको म्याद सकिए पनि अवैध रुपमा जापानमै बसेका थिए ।

अक्टोबर २४ मा, प्रहरीले निहामा शहरमा ‘विदेशीहरू आपसमा झगडा गरिरहेको’ खवर पाएपछि घटनास्थल पुगेर संलग्नहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । जहाँ प्रहरीहरूले परिचय नखुलाएका ति व्यक्ति अवैध रूपमा जापानमा बसोबास गरिरहेको फेला पारेका थिए ।

ती व्यक्ति ‘दक्ष कामदार’ को रुपमा एक वर्षको भिषामा जापान प्रवेश गरेका थिए, तर उनले जापानी भाषा नबुझ्ने भन्दै प्रहरीलाई थप जवाफ दिएनन् ।

अवैध बसोबास गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको फुजि न्यूज नेटवर्कले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖