• Friday 9th of October 2026

प्रहरीकोमा बयान दिएर फर्किए प्रसाईँ


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कात्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले सोधपुछपछि छाडिदिएको छ । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएको भन्दै उनलाई नेपाल प्रहरीको साईबर व्यूरोले अनुसन्धानका लागि बोलाएको थियो ।

बोलाउँदा नआएमा पक्राउ गर्ने प्रहरीको योजना थाहा पाएपछि आफैं साईबर व्यूरो भोटाहिटी पुगेका प्रसाईलाई प्रहरीले सोधपुछ गरेर छाडिदिएको हो ।

साईबर व्यूरोमा प्रसाईँविरुद्ध सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै उजुरी परेपछि उनलाई बोलाएर सोधपुछ गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖