• Monday 5th of October 2026

अभिनेत्री ‘जलपरी’को मृत्यु : विष सेवन गरेर आत्महत्या, शव शिक्षण अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौं— अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को शब थापाथलीस्थित नर्भिक अस्पतालबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
पछिल्लो समयकी चर्चित कलाकार दिपाशाको घर सुर्खेत हो । परिवारको साथ नपाए पनि उनी अभिनय क्षेत्रमा स्थापित हुँदै आएकी थिइन् ।दिपाशाको शव आमा आएपछि मात्रै त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने छ ।

दिपाशाकी आमा हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन् । दिपाशा निराशा र तनावबाट गुज्रिरहेको फेसबुक स्टाटसबाट पनि बुझ्न सकिन्छ ।
चार दिनअघि उनले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेकी थिइन्ः
जिन्दगी त हाँसेर जिउने हो

सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहसनहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रूप देखाउँछ
बस अब कसैप्रति विश्वास गर्ने छैन र
बारबार टुट्ने छैन

विश्वास, माया, अनि सबन्ध सबै फ्लिम मै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै

केही दिनअघि उनले लेखेको अर्को स्टाटस थियोः
जीवन आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖