• Wednesday 7th of October 2026

खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् बिन्दू रावल


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर बिन्दू रावललाई गुमाएको हो । उनी शून्य रनमै पेभेलियन फर्किइन् ।

उनलाई तान्जनियाकी बलर पेरिस जाकायोले पहिलो ओभरको दोस्रो बलमै एलबीडब्लूको धरापमा पारेकी हुन् । उनी आउट हुँदा नेपालले दुई रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖