• Friday 9th of October 2026

क्लिनिक सञ्चालकका भाईले सुइ लगाउदा बालकको मृत्यु, दाजुभाई पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीका गोदावरीमा क्लिनिक सञ्चालकका भाईले सुइ लगाउदा बालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी–५ गेटाका ५ वर्षीय बालक सम्राट ऐरको मृत्यु भएको हो । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिक सञ्चालक दाजु र भाईलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका(१३ श्रीलंकाका दिनेश धामी र नविन धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दले बताए ।

सञ्चालक दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए । ज्वरो आएपछि उपचारका लागि बुधवार साँझ क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाएपछि ऐर अचेत भएका थिए ।

अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउनुअघि नै बालकको मृत्यु भईसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖