• Friday 9th of October 2026

धनकुटामा एकै परिवारका तीन जना भेटिए मृत


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा नं १ निगालेमा एक व्यक्तिले श्रीमती र छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ३५ वर्षका टिकाराम गुरुङले गए राति ३६ वर्षकी श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुष गुरुङको हत्या गरि आफुले पनि आत्माहत्या गरेका हुन् ।

टिकारामको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । टिकारामले ६ वर्षकी छोरी आसिकीलाई राती नै छिमेकीको जिम्मा लगाएको बताईएको छ ।

अहिले आफुहरु घटना स्थल मै रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रबक्ता डिएसपी राजबाबु महजंनले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖