• Friday 9th of October 2026

यसरी असईले अरुलाई पेस्तोल पड्काउन दिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं— आफ्नो साथमा भएको पेस्तोल अरुलाई पट्काउन दिएको आरोपमा बझाङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् ।

छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुष्कल चन्दलाई शुक्रबार निलम्बन गरिएको हो ।
निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका गाउँपालिका पूर्वअध्यक्ष अक्कल धामीलाई आफ्नो पेस्तोल पट्काउन दिएका थिए ।

करिब १ महिनासम्म घटनाबारे प्रहरी नेतृत्व अनविज्ञ रहेको थियो । जब प्रहरीले यस विषयमा जानकारी पायो तत्काल चन्दलाई निलम्बन गर्‍यो ।
‘पूर्व अध्यक्षको घर नजिकै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उहाँहरूबीच कडै दोस्ती रहेको देखियो’ घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘रमाइलोका लागि असइले पेस्तोल पड्काउन दिए । हामीले थाहा पायौँ उहाँ अहिले निलम्बनमा हुनुहुन्छ ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरतबहादुर शाहले चन्द तत्काल ६ महिनाको लागि निलम्बनमा परेको जानकारी दिए । चन्दमाथि थप अनुसन्धान हुने र थप कारबाही बारे पछि थाहा हुने डीएसपी शाहले जानकारी दिए ।

प्रहरीको पेस्तोल पड्काउने पूर्व गाउँपालिका अध्यक्ष धामीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖