• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजा ज्ञानेन्द्र शाहले दमक पुगेर देखाए सक्रियता, यस्तो छ आजको कार्यक्रम


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर ९ । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार झापा पुगेका हुन् ।

झापा पुगेर उनी धुलाबारीको होटल मेची क्राउनमा बसेका छन् । त्यहाँ उनले भेटघाटको कर्यक्रम समेत जारी राखेका छन् । आज धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ७ हजार मोटरसाइकलको र्‍यालीको आयोजना गरिदैछ । आज बिर्तामोडमा पूर्वराजा शाहले ३० देखि ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन्।

शाह पूर्वमा रहेका बेला धेरै मानिस भेला भएका कार्यक्रमहरूमा जाने गरेका छन्। उनी व्यक्तिगत तथा सामूहिक रूपमा भेटघाट गरे पनि सार्वजनिक रूपमा भने केही पनि बोल्दैनन्। पूर्वराजा ज्ञानेन्द्र शाह बर्सेनि लामो समय झापामा रहने गरेका छन्। कहिले एक्लै, कहिले आफ्ना परिवारका सदस्यसँग झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानलाई उनले आफ्नो मुकाम बनाउने गरेका छन्।

आफ्नै स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगान भित्र उनको निवास छ। बेला बेला झापाको मेचीनगरको निन्दा खोला किनारमा रहेको पाँच तारे होटल मेची क्राउनमा पनि पुग्ने गरेका छन्। त्यहाँ उनले रमाइलो गरेका दृश्य कहिलेकाहिँ सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖