• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नजरबन्दबाट निस्किए दुर्गा प्रसाईँ


  • धनकुटा खबर
  • .

काठमाडौं । दुर्गा प्रसाईँ सिफलमा हुने आन्दोलनमा सहभागी हुन निवासबाट निस्किएका छन् ।शुक्रवार बिहानैदेखि नजरबन्द रहेका प्रसाईँ अहिले निवासबाट निस्केका हुन् । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो ।

उनलाई नजरबन्दमा राखेपछि सरकारकाे चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दाेलन गर्ने सहमति भएको थियो । साे सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हाे ।

उनले निवासबाट नै हिजो ‘घरमा दुई जना डीएसपी आएर तपाई घरबाट बाहिर निस्किन पाउनुहुन्न’ भनेकाले आफू ननिस्किएको बताएका थिए ।

उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगिरहेको छ ।युवा संघका नेता कार्यकर्ताहरूले बाटोमा अवरोध गर्न सक्ने भन्दै आफूहरू सचेत भएर आन्दोलनस्थलतर्फ गइरहेको प्रसाईँ समूहका व्यक्तिहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖