• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राजनीतिमा सक्रिय भएर अघि बढ्न प्रधानमन्त्रीले सुझाव दिनुभयो : एलिजा गौतम


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई प्रचण्डले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको भेटपछि गौतमले जानकारी दिइन् ।

झन्डै १ घण्टा भएको कुराकानीमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै राजनीतिमा अघि बढ्न प्रचण्डले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही गर्नुपर्‍यो ।’

तपाई माओवादीमा प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा गौतमले अहिले तत्काल यो बारेमा निश्चित नभए पनि भविष्यमा सो कुरा सम्भव पनि हुनसक्ने उल्लेख गरिन् ।

गौतमले इलाम क्षेत्र नम्बर २ मा रिक्त स्थानमा चुनाव लड्ने बताउँदै आएकी छिन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा आफू कुनै एक ठुलो दलबाट उम्मेदवारी दिने तयारीमा रहेको पनि उनले बताइन् । यसअघि उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध रहेकी थिइन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖