काठमाडौंबाट दिल्ली प्रस्थान गरेको एयर इन्डियाको बिमानमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फिर्ता गरिएको छ।
शनिबार दिउँसो ३:४० मा काठमाडौंबाट दिल्ली जान तयार बिमानको ढोका नलागेपछि लामो समय उक्त बिमान त्रिभुवन विमानस्थलमा नै रोकिएको थियो। तर, ७ बजेर २ मिनेटमा बिमान उडे पनि पुन बीचबाटै फर्काएर त्रिभुवन विमानस्थल अवतरण गरिएको हो।
एक यात्रुका अनुसार सुरुमा लामो समय ढोका नलागेको जानकारी परिचारिकाहरुले दिएका थिए। त्यसपछि करिब साढे तीन घण्टापछि ढोका लागेर प्लेन उडेपछि बीचमा पुन समस्या देखिएपछि काठमाडौं नै फर्काइएको हो। बिमानमा के भएको हो तथा कति यात्रु थिए भन्ने विस्तृत विवरण आउन बाँकी छ।
प्राविधिक समस्यापछि पुन विमानलाई काठमाडौं नै अवतरण गराइएको भएपनि यात्रुहरु भने डरले विमानबाट बाहिरिएका छन्।
