• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अनेरास्ववियु बागमती प्रदेश अध्यक्षमा बुढाथोकी


  • धनकुटा खबर
  • .

हेटौँडा । अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लाल बहादुर बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अनेरास्ववियुको हेटौँडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटीका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो ।

कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरूमा प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् ।

यसै गरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖