• Monday 5th of October 2026

जब नायिका सुरक्षा पन्त नेपालगन्जमा दौडिइन्…!


  • धनकुटा खबर
  • .

नेपालगन्ज : शनिबार बिहानैदेखि नेपालगन्जको विपी चोक चहलपहलमय बनेको थियो। अन्य दिनभन्दा धेरै मानिसहरुको भिड नेपालगन्ज उपमहानगरपालिकाको गेट परिसरमा देख्न सकिन्थ्यो। भिड थियो ‘९ औं धारा नेपालगन्ज म्याराथन’को। त्यही भिडमा थिइन् नायिका सुरक्षा पन्त पनि।

सुरक्षा नेपालगन्ज म्याराथनकै लागि बिहीबार नेपालगन्ज आएकी थिइन्। उनी शुक्रबार ‘नेपालगन्ज कन्क्लेभ’ नामक कार्यक्रममा सहभागी भइन्।भने, शनिबार विहानै म्याराथनमा सहभागी बनिन्।

दौडमा भाग लिने खेलाडीहरुको बाक्लो भिडमा सुरक्षा पनि म्याराथनको दौडमा सहभागी थिइन्। त्यसैले पनि उनी जब उक्त भिडमा उपस्थित भइन् तब उनको लागि हुटिङसहित ताली आएको थियो। म्याराथनमा भाग लिएका अधिकांश खेलाडीहरु सुरक्षाका फ्यानहरु थिए। सुरक्षाको उपस्तिथिले खेलाडीहरुलाई बेग्लै उर्जा थपेको थियो।

जब सुरक्षा स्वयं नै दौडमा सहभागी बनेर नेपालगन्जको बिपी चोकहुँदै धम्बोझी चोकतिर दौडीइन् तब माहोल नै अर्कै बनेको थियो। सुरक्षा कर्पोरेट टिम मार्फत दौडमा सहभागी बनेकी थिइन्। प्रोफेसनल रुपमा दौडमा सुरक्षाको यो पहिलो अनुभव हो। त्यसैले पनि उनको लागि नेपालगन्ज म्याराथन विशेष रह्यो।

दौड पूरा गरेर आएपछि उनले हामीहरू ‘स्पोटी’ हुन जरुरी रहेको बताइन्। आफू पहाड अनि हिमालतिर हाइकिङमा बेलाबेला गईराख्ने भएकोले म्याराथनमा दौडनको लागि अलि केही सहज भएको उनको अनुभव थियो।

उसो त, म्याराथनमा महानायक राजेश हमालको पनि उपस्थिति रहेको थियो। महानायक पनि दौडिएका थिए। महानायकको साथमा उनकी पत्नी मधु भट्टराई पनि दौडिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖