• Friday 9th of October 2026

गेस्ट हाउसमा वेश्यावृत्ति


  • धनकुटा खबर
  • .

सप्तरी । मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेस्ट हाउसका सञ्चालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेस्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् ।

उक्त गेस्ट हाउसमा वेश्यावृत्ति भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेस्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृत्ति गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖