बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ ।
पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००४३ नम्बरको जिप सिगास गाउँपालिका–३ को डुँडैमा आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिपमा चालक धर्म कुँवर मात्रै रहेको र उनी सकुशल रहेका छन् ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
जिप पूर्ण रुपमा क्षति भएको छ । ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
