• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भुटानी शरणार्थी प्रकरण- प्रतिवादीको तर्फबाट बहस जारी


  • धनकुटा खबर
  • .

काठमाडौं,११ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिक पठाएर ठगी गरेको आरोपमा थुनामा रहेकाहरुले दायर गरेको रिटमाथि सुनुवाइ जारी छ ।

काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागगर्दै उच्च अदालत पाटनमा दायर रिट पाटन उच्च अदालतका न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भईरहेको छ ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित बहालवाला सचिव टेकनारायण पाण्डे, नेपाल हज समितिका अध्यक्षन शमसेर मियाँ लगायतले दायर गरेको रिटमा सुनुवाई भईरहेको हो ।

आज पूर्व गृहमन्त्री खाणको तर्फबाट बहस सकिएर रायमाझीको तर्फबाट बहस सुरु भएको छ ।

उच्च अदालतमा खाणको पक्षबाट ७ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । पूर्वमहान्यायधिवक्ताहरु खम्मबहादुर खाती, बोणबहादुर कार्की र महादेव यादबसहित कृष्ण सापकोटा, प्रेमबहादुर खड्का, हरिहर दाहाल र सुरेन्द्र महतोले बहस गरेका छन् ।

अब प्रतिवादीहरूमा रायमाझीबाहेक सागर राई, रामशरण केसी र केशवप्रसाद तुलाधरको पक्षबाट बहस हुन बाँकी छ । सरकारी वकिलले पनि बहस गर्ने छ । त्यसपछि इजलासले आदेश सुनाउने छ । प्रतिवादीअनुसार जिल्लाको आदेश सदर वा बदर हुन सक्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖