• Thursday 8th of October 2026

मेस्सीको विश्वकप खेल्ने इच्छा


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्टर मियामीका स्टार लियोनल मेस्सीले सन् २०२६ को विश्वकप खेल्ने इच्छा ब्यक्त गरेका छन् ।

उनले अमेरिकामा आयोजना हुने सन् २०२६ को विश्वकप खेल्ने इच्छा पहिलेको भन्दा अझ धेरै भएको बताएका हुन् ।

मेस्सीले आफ्नो प्राथमिकतामा अहिले कोपा अमेरिकाको उपाधि रक्षा गर्नुनै रहेको समेत प्रस्ट पारेका छन् । लियोनल मेस्सीले सन् २०२६ को विश्वकप खेल्न चाहेको स्वीकार गरेपनि आफु कोपा अमेरिकाको उपाधि रक्षामै केन्द्रित रहेको बताएका हुन् ।

पछिल्लो एक अन्तरवार्तामा मेस्सीले अर्जेन्टिनाका लागि आफु फुटबल खेल्न नछोड्ने आशय ब्यक्त गरेका छन् ।

‘मैले सोचेको एउटै कुरा भनेको कोपा अमेरिकामा राम्रोसँग पुग्नु र प्रतिस्पर्धा गर्न सक्षम हुनु हो । हामी फेरि सधै जस्तै लड्ने छौँ र पहिलो हुने प्रयास गछौँ । त्यसपछि समयले बताउने छ, म विश्वकपमा हुन्छु कि हुदैन भनेर । त्यहाँ पुग्दा मेरो उमेर ३९ वर्षको हुनेछ । सामान्यतया यस उमेरमा विश्वकप खेल्न सकिदैन ।’ मेस्सीले भने, ‘यस्तो लाग्थ्यो कि विश्वकपपछि म सन्यास लिनेछु तर ठ्याक्कै उल्टो अब म पहिले भन्दा बढी त्यहाँ हुन चाहन्छु ।’

‘म विश्वकपको बारे सोचिरहेको छैन र म त्यहाँ सतप्रतिशत नहुन पनि सक्छु किनभने जे पनि हुन सक्छ । सम्भवत हामी कोपा अमेरिकामा राम्रो गर्नेछौ र त्यो हुनेछ पनि । सबैकुरा हामी जारी राखौँ, यथार्थमा भन्दा गाह्रो छ र नहुन पनि सक्छ ।’ मेस्सीले थपे ।

मेस्सीले कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पेनाल्टीमा हराएर आफ्नो पहिलो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका थिए । ठिक एक वर्षपछि गत डिसेम्बरमा फ्रान्सविरुद्ध जित निकाल्दै कतार विश्वकपको उपाधि उचालेका थिए ।

बार्सिलोनाका पूर्व खेलाडीको नयाँ क्लब इन्टर मियामी प्लेअफबाट छुटेकाले अब केही आराम गर्नेछन् । एमएलएस फ्रेब्रुअरीमा सुरु हुने भएकाले आरामका लागि मेस्सीसँग पर्याप्त समय छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖