• Tuesday 6th of October 2026

फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराब


  • धनकुटा खबर
  • .

बेइजिङ । दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराबको खबर छ । दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुवै पक्षका जहाजहरूबिच टकराब भएको समाचारमा जनाइएको छ ।

यो विवादका लागि दुवैले एक अर्कालाई दोषारोपण गरिरहेका छन् । फिलिपिन्सको कोस्ट गार्डले चिनियाँ जहाजहरूले पानीको फोहरा प्रयोग गरिरहेको बताएको छ। चिनियाँ जहाजहरूले सेकेन्ड थोमस सोल नजिकै उनको आपूर्ति जहाजहरू टक्कर मार्ने प्रयास गरेका छन्। तर चीनले फिलिपिन्सले आफ्नो एउटा जहाजलाई टक्कर दिएको आरोप लगाएको छ ।

शनिबार पनि स्कारबोरो क्षेत्रमा चीन र फिलिपिन्सका जहाजहरू ठोक्किएको घटना सार्वजनिक भएको थियो । चीन र उसका छिमेकी राष्ट्रहरूले दक्षिण चीन सागरमा आफ्नो नियन्त्रण दाबी गर्दै आएका छन्। चीनले पूरै साउथ चाइना सी आफ्नो भएको बताउँदै आएको छ भने फिलिपिन्सलगायत अन्य धेरै छिमेकी मुलुकले चीनले यहाँ अन्तर्राष्ट्रिय जलसन्धिको उल्लङ्घन गरिरहेको बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖