• Thursday 8th of October 2026

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २ सय ६१ रन बनायाे । अफगानिस्तानका जम्सिद जद्रानले शतकिय पारी खेले । उनी रिटायर्ड आउट हुनुअघि १५२ बल खेल्दै ८ चौकाको मद्दतमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २-२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलले समान १ विकेट लिए ।२ सय ६२ रनको लक्ष्य पाएको नेपाल केही समयपछि जवाफी ब्याटिङमा आउनेछ ।

यूएईमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग पराजित भएका थिए ।

८ देश सम्मिलित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’ मा छन्।दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने टिम पुस १ गते उपाधिका लागि खेल्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖