• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सिन्धुपाल्चोक पुगेका ओलीलाई माओवादी केन्द्रका प्रदेश अध्यक्षले गरे स्वागत


  • धनकुटा खबर
  • .

काठमाडौं,२५ मंसिर । १२ दिनदेखि मध्यपहाडी लोकमार्ग (झुलाघाट-चिवाभञ्ज्याङ) को यात्रामा रहको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको टोली सिन्धुपाल्चोक पुगेको छ ।

यात्राको क्रममा सिन्धुपाल्चोक पुगेका अध्यक्ष ओली लगायतका सिंगो टिमलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका छन् ।

सोमबार जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई माओवादी बागमती अध्यक्ष एवं प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले स्वागत गरेका हुन्।

उनले सुकुटेमा ओलीलाई खादा मालासहित स्वागत गरेका थिए। त्यस्तै, ओलीलाई बलेफी गाउँपालिकाले मायाको चिनो दिएर स्वागत गरेको थियो। गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका नेता गंगाबहादुर तामाङले मायाको चिनो दिएर स्वागत गरेका छन् ।

ओलीलाई स्वागत गरेपछि उनको सचिवालयले ‘तुच्छ र फोहोरी राजनीतिको अन्त्य गरौं, उच्च राजनीतक संस्कारको विकास गरौं’ भनेर मायाको चिनो प्रदान गरेको तस्बिर सार्वजनिक गरेको छ। अध्यक्ष तामाङले उनलाई यात्रा सफलताको शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖