• Monday 5th of October 2026

बीटीएसका चारै सदस्य सैनिक सेवामा प्रवेश, के-पपका ठूला स्टारको भविष्य के होला ?


  • धनकुटा खबर
  • .

काठमाडौं । कल्पना गर्नूस, सेनामा भर्ती हुन प्रसिद्धीको उचाइमा पुगेको बिटल्स ब्याण्डले विघटन गर्ने निर्णय लियो भने के होला ? विश्वको सबैभन्दा ठूलो पप ब्याण्ड बीटीएसका सदस्यहरु अहिले यही गरिरहेका छन् ।

मंगलबार लिड भोकलिस्ट जङ कुक अन्यका अन्य सबै सदस्यसहित सैनिक सेवामा जोडिएका छन् । किनभने दक्षिण कोरियामा १८ देखि २८ वर्ष उमेरका युवाले अनिवार्य सैनिक सेवा गर्नुपर्ने बाध्यकारी नियम छ । बीटीएस पनि त्यसको अपवाद रहेन ।

ठीक चार साताअघि न्यूयोर्कमा उनी आफ्नो एकल प्रस्तुतिको उपलब्धि बाँड्दै थिए ।उनले त्यहाँ जिमी फलोनको टुनाइट शोमा माइकल ज्याक्सनको गीतमा नाचेर रमाइलो गरे । भोलिपल्ट टाइम्स स्क्वायरमा अन्तिम कन्सर्ट गरे जुन कन्सर्टको दृश्य टिकटकमा भाइरल बन्यो ।

विगत केही सातामा उनले जस्टिन टिम्बरलेक र अशरसँगको सहकार्य जारी गरेका छन् । उनको पहिलो एल्बम ‘गोल्डेन’ चार्टबस्टरको शीर्षस्थानमा अझै छ । उनको हिट सिंगल ‘स्ट्यान्डिङ नेक्स्ट टु यु’ टिकटकमा भाइरल छ । यो गीतमा प्रशस्तै भिडियो बनेका छन् ।जब उनी स्टारडमको उकालो चढ्दै थिए । ठीक यहीबेला सबथोक छाडेर उनी सियोल फर्किए ।

यो पनि पढ्नुहोस
बीटीएस सदस्यलाई अनिवार्य सैन्य सेवामा सहभागी गराउन नहुने पक्षमा विशेषज्ञ

यो पनि पढ्नुहोस
सैन्य तालिम लिंदै बीटीएस ब्याण्डका सदस्यहरु, सन् २०२५ मा मात्र संगीतमा फर्कने
केही दिनपछि जङ कुकसहित बीटीएसका अन्य सदस्यले लाइभस्ट्रिम पिज्जा भोज आयोजना गरे । सो लाइभबाट उनीहरुले फ्यानहरुलाई अब सैनिक सेवामा लाग्नुपर्ने समय आएको बताए ।

दक्षिण कोरिया अझै पनि प्राविधिकरुपमा शत्रु छिमेकी उत्तर कोरियासँग युद्धमा छ । यो माहोलमा धेरैजसो पुरुषले सेनामा १८ महिनाको सैनिक कार्यकाल पुरा गर्न आवश्यक छ ।

तर, त्यहाँ दक्षिण कोरियाको सांस्कृतिक दूतको रुपमा काम गरेको बीटीएसले सैनिक सेवामा काम गर्नुपर्छ कि पर्दैन भन्नेबारे लामो समयदेखि वहस चलेको थियो ।

त्यहाँको संसदले ओलम्पिक पदक विजेता र शास्त्रीय संगीतकारलाई सन् २०२० मा छूट दिएको थियो । साथै, बीटीएसलाई सैनिक सेवामा ढिलाइ गर्न अनुमति दिने विधेयक पारित समेत गरेको थियो ।

कोरियालका केही मन्त्र र ब्यान्डका प्रशंसक चाहिँ मुलुकका सबैभन्दा ठूला पप स्टारले पहिले नै अर्बौंं डलर कमाएर आफ्नो देशको सेवा गरिसकेका छन् र उनीहरूलाई उनीहरूको सुपरस्टार क्षमतामा जारी राख्न अनुमति दिनुपर्छ भन्ने तर्क गर्छन् ।

गत अक्टोबरमा, हाइव भनिने एजेन्सीको स्वामित्वमा रहेको एजेन्सी बिगहिट म्युजिकले ब्याण्डका सबै सात सदस्यले दायित्व पुरा गर्ने बतायो । सुरुआत ब्याण्डका ज्येष्ट सदस्य जिनबाट भयो । उनले सन् २०२२ को डिसेम्बरबाट सैनिक सेवा थाले ।

‘पश्चिमी देशका लागि यो निकै क्रुर प्रवृत्तिको देखिन्छ किनभने जब मानिस आफ्नो सफलताको उचाइमा रोकिनुपर्छ र जबर्जस्ती विश्राम लिनुपर्छ’ येल विश्वविद्यालयका प्राध्यापक के–पप अकादमिक ग्रेस काओ भन्छिन्, ‘ तर यो वास्तविकता हो कि दक्षिण कोरियामा धेरैलाई बानी परेको छ । बीटीएसले आफ्ना अघिल्ला स्टारलाई पछ्याएको मात्र हो ।’

ब्याण्डका चार बाँकी सदस्यहरु आरएम, भी, जिमिन र जङकुक पनि सोमबार र मंगलबार क्याम्पमा जाँदै गरेको देखाइएको थियो । फ्यानले सामाजिक संजालबाट आफ्ना प्रिय स्टारले विश्राम लिएपछि दुःख व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖