• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री राजीनामा दिन्छन् भने डकुमेन्ट सार्वजनिक गर्न तयार छु : सांसद डा. अमरेश कुमार


  • धनकुटा खबर
  • .

काठमाडौ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह यति बेला चर्चामा छन् । दुई वटा घटनाका कारण उनी चर्चामा आएका हुन् ।

उनी चर्चामा आउनुमा एनसेलको शेयर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गङ्गा दाहाललाई लगाएको भ्रष्टाचारको आरोप हो ।

सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । र, यसमा सांसदको लोगो फुकालेर उनी आफैँ ‘प्राक्टिसनर’का रूपमा बहस गर्ने बताएका छन् ।

अर्कोतर्फ प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव दाहालले कुन–कुन व्यापारीसँग के का लागि कति रकम बुझेकी छिन्, त्यो सबैको प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछि जनता र मिडियामा लिएर जाने उनको भनाइ छ ।

यसबारे प्रधानमन्त्रीको सचिवालयले सांसद डा. सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै आएको प्रतिक्रिया दिई सकेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले डा. सिंहको अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरु भएको दाबी गरेको छ ।-प्रशासन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖