• Thursday 8th of October 2026

सूर्यकुमारको विस्फोटक ब्याटिङ, भारतले टार्‍यो शृङ्खला हार


  • धनकुटा खबर
  • .

काठमाडौं। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला १-१ ले बराबरी गरेको छ।

बिहीबार राती भएको तेस्रो तथा अन्तिम खेलमा एक सय ६ रनको जित हात पार्दै भारतले सम्भावित शृङ्खला हार टारेको हो। पहिला ब्याटिङ गरेको भारतले २ सय २ रनको लक्ष्य दिएको थियो।

भारतका लागि सूर्यकुमार यादवले ५६ बलमा ८ छक्का र ७ चौकासहित सय रन बनाए। यसस्वी जैसवालले ६० र रिंकु सिंहले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन्।

सुभमन गिलले ८, जितेश शर्माले ४ रन बनाए भने तिलक बर्माले खाता खोल्न सकेनन्। जैसवाल र यादवले तेस्रो विकेटका लागि एक सय ११ रनको साझेदारी गरेका थिए।

दक्षिण अफ्रिकाले १३.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो। डेभिड मिलरले ३५ र कप्तान एइडन मक्रमले २५ रन जोडे। भारतका कुलदीप यादव एक्लैले ५ विकेट लिए।

उनले २.५ ओभरमा केवल १७ रन खर्चिएका थिए। शृङ्खलामा यसअघि पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖