• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन


  • धनकुटा खबर
  • .

२९ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ ।

वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।

वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् ।

नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या नयाँ भने होइन । यसअघि पनि पटक–पटक यस्ता समस्या भइरहेका छन् । यसबाट सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकार गम्भीर नभएको देखाउँछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖