• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सम्पत्ति सुद्धीकरणले बालकृष्ण खाणसँग माग्यो १५ लाख धरौटी


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ मंसिर । सम्पत्ति सुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग १५ लाख रुपैयाँ धरौटी मागेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएर रिहा भएका खाणलाई आज सम्पत्ति सुद्धीकरणले बयानपछि १५ लाख धरौटी माग गरेको हो ।

उच्च अदालत पाटनको आदेशबमोजिम जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी वापत बैंक जमानत बुझाएपछि खाणलाई सम्पत्ति सुद्धीकरण विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति सुद्धीकरणबाट खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी भइरहेको छ ।

खानलाई आजनै अख्तियारमा बुझाउने तयारी छ । अख्तियारले पनि धरौटी वा साधरण तारेखमा खानलाई छोड्न सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖