• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पितृभूमि पाँचथरबाट सुवास नेम्वाङ पुत्र सुहाङ पनि मिसिए संकल्प यात्रामा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका पुत्र सुहाङ पनि पार्टीको संकल्प यात्रामा सामेल भएका छन् ।

एमालेले सुरु गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लाेकमार्ग संकल्प यात्राका क्रममा बुबा सुवासको जन्मथलो पाँचथरबाट सुहाङ पनि सहभागी भएका हुन् ।

पाँचथरको फिदिममा आयोजित आमसभामा पुगेका सुहाङलाई फुलमालाले स्वागत गरिएको थियो । एमालेले संकल्प यात्राको अन्तिम सभाको रुपमा फिदिममा आमसभा गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖