• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महानगरले राखेको राँगाको मूर्ति स्थानीयले भत्काइदिएपछि…


  • धनकुटा खबर
  • .

वीरगन्ज महानगरपालिका कार्यालयले त्रिभुवन राजपथअन्तर्गत पर्ने परवानीपुर प्रहरी चौकीअगाडि राखेको राँगाको मूर्ति स्थानीयवासीले भत्काएका छन्।
करिब तीन साताअगाडि महानगरपालिका कार्यालयले राजपथको बीचको प्वाइन्टमा राखेको राँगाको मूर्ति स्थानीयले शनिबार भत्काइदिएका हुन्।

महानगरपालिकाले सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत उक्त स्थानमा राँगाको मूर्ति राखेको थियो। हनुमान मन्दिर नामले परिचित चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए।
यस विषयमा उनीहरूले दुई साताअघि वीरगन्ज महानरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई ध्यानाकर्षणसमेत गराएका थिए।

महानगरपालिका स्रोतका अनुसार उक्त स्थानबाट राँगाको मूर्ति हटाउन नगर प्रमुख सिंह तयार भएका थिए। तर, दुई सातासम्म नहटाएपछि स्थानीयवासी आफैँले मूर्ति भत्काएका हुन्।

मूर्ति भत्काएको आरोपमा ५ जना स्थानीय युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए। यसमा संलग्न अन्यको खोजी भइरहेको उनको भनाइ छ।-तिवारी यादव,नयां पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖