• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

छतबाट खसेका अनुसन्धान विभागका असईको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई)को निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको जानकारी दिए । उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए ।

बेहोस अवस्थामा उद्धार गरिएका भट्टको घाँटीको पछाडिको हड्डी भाँचिएको थियो । भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनगरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖