• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सरकारको आलोचना गरौँ सुनिल शर्मा जस्तै थुन्छु भन्छन्, भ्रष्टाचारबारे बोल्यो भने अमरेशलाई जस्तै नाङ्गै बनाएर घुमाउँछु भन्छन्


  • धनकुटा खबर
  • .

काठमाडौं,३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्की भण्डारीले सरकारको आलोचना गर्दापनि सांसदहरुले डराउनुपर्ने अवस्था आएको बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएको मंगलबारको संघीय संसद् राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कार्कीले यस्तो बताएकी हुन्।

‘सरकारको आलोचना गरौँ सुनिल शर्मा जस्तै थुन्छु भन्छन्। भ्रष्टाचार र अनियमितताबारे बोल्यो भने डा.अमरेश सिंहलाई जस्तै नाङ्गै बनाएर घुमाउँछु भन्छन्। अब सरकारले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने व्यवस्था गर्नुपर्छ।’

कार्कीले सांसदले उठाएको कुरामा सरकार चुप लागे बस्नु रहस्यमय भएको बताइन्। ‘यदि अमरेश सिंह गलत भए उनलाई कारबाही गर्न सरकार तयार हुनुपर्छ’,उनले भनिन्,‘होइन भने सरकारले यसबारे छानबिन गर्नुपर्छ।’

यो सरकार आएयता एकपछि अर्को काण्ड आएको उनले बताइन्। तर ती काण्डमा गम्भीरतापूर्वक छानबिन नगरी समिति बनाएर टार्न खोजिएको उनले बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖