• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हिटर र कराइमा आगो बालेर सुतेका पूर्व वडाध्यक्ष लामाको निधन


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निधन भएको छ । प्रहरीका अनुसार वडा नम्बर १ का पूर्व वडाध्यक्ष ८२ वर्षीय लामाको उनको घरमै सुतेको अवस्था निधन भएको हो ।

उनकी श्रीमती ८१ वर्षीया असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाइ सुतिरहेको अवस्थामा आज बिहान अबेरसम्म नउठेपछि छोरा बुहारीले ढोका खोली हेर्दा बेहोस रहेको देखेर नकै छोराले उपचारको लागि धुलिखेल अस्पताल लगेको भन्ने खबर ८ बजे प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र उनीहरु हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।

लामाको ०९ः२० बजेको समयमा धुलिखेल अस्पतालले मृत घोषणा गरेको थियो । असनीको अवस्था मध्यम रहेको चिकित्सकलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖