• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जेटिए पढेर पनि रोजगारी नपाएपछि कोरिया जान काठमाडौं गएका थिए बिरेन्द्र


  • धनकुटा खबर
  • .

अछाम:शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा परी अछाम चौरपाटी गाउँपालिका–१ का बिरेन्द्र शाहले ज्यान गुमाए ।

ईपीएस कोटामा कोरिया जान पुनः भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका सयौँ युवा र प्रहरीबीच भएको झडपमा परी बिरेन्द्रसंगै दैलेखका सुजन राउतको ज्यान गएको थियो । घटनामा केही युवाहरु घाइते भएका छन् । अछाम चौरपाटी एकका वडा अध्यक्ष विरबहादुर थापाका अनुसार बिरेन्द्रको मृत्युको खबरले परिवार भावविह्वल छ ।

शुक्रबार मध्यान्न गाउँकै एक मानिसको मृत्युमा मलामी गएका बिरेन्द्रका बुबा टेक बहादुर शाहलाई बालकुमारी घटनामा छोरा मारिएको खबर पुगेको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले कोरियाको जाने सपना देखेर १ वर्षअघि उनी काठमाडौं पुगेका थिए ।दशै घर आएको थियो । सीप बिल्डिङमा नाम निस्किएन अब फेरि खुल्छ तयारी गर्छु भन्दै काठमाडौ गएका उनी कहिल्यै नफर्किने गरि गयो उनका अंकल धुर्ब शाहले भने,

१ बर्ष अघि डडेलधुराबाट भेटनरी जेटिए पास गरेका उनी देशमा रोजगारी नपाएपछि कोरिया जान्छु भन्दै पढाइ गर्न काठमाडौ गएका थिए।

आफ्नो जीवन भारतमै मजदुरीमा बितेको देखेपछि छोरा बिरेन्द्रले बाबुलाई परिवारको आर्थिक बोझ टार्न र परिवारलाई उकास्न कोरिया जाने योजना बनाएको बुबा टेकबहादुरलाई उदृत गर्दै वडा अध्यक्ष थापाले बताए । ‘छोराको मृत्युको खबरपछि बुबा टेक बहादुर, आमा दुर्गादेवी, दाजू र भाउजू भावविह्वल हुनुहुन्छ,’ वडा अध्यक्ष बीर बहादुर थापाले भने, ‘गरिबी र अभावले पिल्सिएको घरको उद्धार गर्छु भन्थ्यो, आफैँ अस्तायो भन्दै बुबा आमा छाती पिटेर बिलौना गरिरहेका छन् ।’

छोराले कोरिया जाने तयारी गरिरहेकोमा खुसी भएका बुबा बिरेन्द्र एक महिना अघि मात्रै गाउँ आएको थापाले बताए । गाउँमा सबैको प्यारो बिरेन्द्रको निधनले सिंगो गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖