• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर राई रिहा


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई त्यहाँको प्रहरीले रिहा गरेको छ । सिक्किमको सञ्चारमाध्यम द सिक्किम क्रोनिकल्सका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो ।

उमामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको र बोलाएको बेलामा अदालतमा हाजिर हुन आउनुपर्ने खबरमा उल्लेख छ । साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले अस्ति शनिवार उमालाई पक्राउ गरेको थियो ।

राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖