• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनाबारे आईजीपीको प्रष्टीकरण: मन्त्रीको गाडी त्यहाँ नपुगेको भए त्यस्तो घटना हुने अवस्था थिएन


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ पुस । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी गएपछि ललितपुरको बालकुमारीमा घटना भएको प्रष्टीकरण दिएका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबारे जवाफ दिन सोमबार बिहान राज्य व्यवस्था समिति बैठकमा पुगेका उनले समितिसमक्ष सो जवाफ दिएका हुन् ।

‘मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन,’ उनले भने, ‘उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ। प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो’ । गोली चलेको यकिन नभए पनि १२ः२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖