• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तारकेश्वरमा हवाई फायर


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा दुई राउन्ड हवाई फायर गरेर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको छ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार हवाई फायर गरेर लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास बोहोराले पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिएका छन्।

पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖