• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत


  • धनकुटा खबर
  • .

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए ।

केही दिनसम्म गुपचुप रहेको उनको राजीनामा पाँच दिनपछि मात्रै सार्वजनिक भएको थियो ।

राजीनामाको कारणबारे गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖