• Monday 5th of October 2026

बिहेपछि एक्लै सुत्नुको फाइदा !


  • धनकुटा खबर
  • .

काठमाडौं । स्वस्थ्य जीवनशैलीका लागि मीठो निन्द्रा जरुरी हुन्छ । कतिपय अध्ययनले विवाहितमध्ये अधिकांशले निद्रा नपुग्ने गुनासो गरिरहेको देखाउँछ ।

खासगरी दम्पतिमध्ये कसैको घुर्ने समस्या हुन्छ भने कतिले टेलिभिजन वा रेडियो बजाएर सुत्छन् । यस्तोमा निद्रा डिस्टर्व हुनु स्वाभाविक हो । निद्राविज्ञ राम्रो निद्राका लागि एक्लै सुत्न सुझाव दिन्छन् । किनभने राम्रो वैवाहिक सम्बन्धका लागि राम्रो निद्रा अति आवश्यक छ । त्यसका लागि बरु एक्लै सुत्नु परे पनि सुत्नोस् तर निद्रालाई खराब नगर्नुहोस् । निद्रा स्वस्थ शरीर, मस्तिष्क र सम्बन्धका लागि निकै जरुरी हुन्छ ।

जब तपाईं स्वस्थ हुनुहुन्छ, तपाईंको सम्बन्ध पनि दिगो हुन्छ ।विज्ञ एक्ला एक्लै सुत्नुअघि एकअर्काले रमाइलो गर्नेदेखि शारीरिक सम्बन्ध राख्न सक्ने कुरा स्पष्ट पार्छन् ।

राम्रोसँग निद्रा पुर्‍याउने जोडीहरूको वृद्धावस्थामा पनि चिनी रोग नदेखिने, अवसाद नहुने, वैवाहिक सम्बन्ध दिगो हुनेजस्ता फाइदा देखिएका छन् । तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने तपाईंले उठाउन लागेको कदमबारे आफ्नो पार्टनरलाई राम्रोसँग बुझाउनुपर्छ । यदि भन्दै नभनी तपाईं एक्लै सुत्न थाल्नुभयो भने सम्बन्ध बिग्रनुका साथै अलग हुने अवस्थासम्म पुग्न सक्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖