• Monday 5th of October 2026

नयनताराविरुद्ध एफआईआर दर्ता


  • धनकुटा खबर
  • .

चेन्नई । दक्षिण भारतीय फिल्म उद्योगकी सुपरस्टार अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता भएको छ । फिल्म अन्नपूर्णीले धार्मिक भावनालाई ठेस पुर्याएको अनि लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपूरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको छ ।

हिन्दु सेवा परिषद्ले फिल्मका कयौं दृश्यहरू आपत्तिजनक रहेको भन्दै ओमती प्रहरी थानामा ऊजुरी दर्ता गरिएको हो । फिल्मको संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको छ । अन्नपूर्णीले लभ जिहादलाई बढावा दिइरहेको दाबी ऊजुरीमा गरिएको छ ।

फिल्ममा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको आदि दृश्यका कारण विवादमा तानिएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको छ । शिवसेनाका पूर्व नेता रमेश सोलंकीले पनि जनवरी ६ मा अन्नपूर्णीका मेकरहरुविरुद्ध मुम्बईमा ऊजुरी दर्ता गराएका थिए ।

मेकरहरुले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्याएको उनको भनाइ थियो । सोलंकीले एक्समा एउटा पोष्ट गर्दै फिल्मको कडा आलोचना गरेका थिए । अन्नपूर्णी डिसेम्बर १ मा रिलिज भएको थियो । फिल्ममा नयनतारा शीर्ष भूमिकामा थिइन् । फिल्ममा नयनतारा मन्दिरको पुजारीको छोरी अन्नपूर्णीको भूमिका निर्वाह गरेकी थिइन् ।

Nabil bank

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖