• Monday 5th of October 2026

२० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’


  • धनकुटा खबर
  • .

‘कुटुमा कुटु’ गीतले युट्युबमा २० करोड भ्यूज प्राप्त गरेको छ। कुनै पनि नेपाली गीत २० करोड क्लबमा प्रवेश गरेको यो पहिलो पटक हो।

चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि शहरसम्म लोकप्रिय छ। यस गीतले युट्युबमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो।

गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन्। गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖